
आइतवार जर्मनीको फ्य्रांकफर्टबाट भारतको हैदराबादतर्फ आइरहेको लुफ्थान्साको विमान प्राविधिक गडबडी देखिएपछि बीच बाटोबाटै फर्किएको दी इन्डियन एक्सप्रेसले खबर दिएको छ ।
कस्तो किसिमको गडबडी भएको हो भनी खुलाइएको छैन ।
राजीव गान्धी अन्तर्राष्ट्रिय विमानस्थलका एयर ट्राफिक कन्ट्रोलरले विमान केही बेर उडेपछि फ्य्रांकफर्टतर्फै फर्किएको सन्देश पाएका थिए ।
फ्लाइटअवेयर डट्कम वेबसाइटका अनुसार, उडान नं एलएज७५२ फ्य्रांकफर्टबाट अपराह्न सबा २ बजे उडेको थियो र त्यो विमान सोमवार बिहान ६ बजे हैदराबादमा अवतरण गर्ने अपेक्षा थियो ।
उक्त वेबसाइटका अनुसार, त्यो विमान बोइङ ७८७–९ ड्रीमलाइनर हो ।
भारतको अहमदाबादमा बिहीवार विमान दुर्घटनामा परेर २७० जनाको ज्यान गएपछि विमानचालकहरूले सावधानी अपनाउन थालेका छन् ।
प्रतिक्रिया