बढ्यो पेट्रोलियम पदार्थको मूल्य


काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ।

नेपाल आयल निगम सञ्चालक समितिको निर्णय अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल र मट्टितेलमा २ रुपैयाँ बढेको हो।

नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर १६० र डिजेल तथा मट्टितेल प्रतिलिटर १४५ रुपैयाँ कायम भएको छ। नयाँ मूल्य आइतबार राति १२ बजेदेखि लागू भएको छ ।