
काठमाडौं । नारायणी फुड प्रालिले एक वर्षमा ९० करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा ८७ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीको व्यापार सन् २०२३ को तुलनामा सन् २०२४ मा ३.२६ प्रतिशतले व्यापार बढेको छ ।
सन् २००८ मा स्थापना भएको कम्पनीले सन् २०१३ देखि व्यवसायीक कारोबार सुरु गरेको थियो । कम्पनीले विभिन्न प्रकारका अन्न तथा दाल बिक्री वितरण गर्दै आएको छ । कम्पनीले मुसुरो दाल, अष्ट्रेलियन चना दाल, मास दाल, हरियो मुङ दाल, अराहर दाल, हरियो केराउ, सेतो केराउ, पपकर्न, राज्मा आदिको व्यापार गर्दै आएको छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ९७ करोड ५२ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ३४ करोड २ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ६३ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीले विभिन्न प्रकारका कृषिजन्य सामग्री आयात गरेर प्रशोधन गर्दै नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । केयल ग्रुपद्धारा सञ्चालिन कम्पनीको अध्यक्ष सत्यनारायण केयल हुन् । उनीसँग उत्पादन र व्यापारको अनुभव छ ।








प्रतिक्रिया