इन्धन सकिएपछि बेलायती लडाकू विमानले भारतको केरलामा गर्‍यो आकस्मिक अवतरण



एजेन्सी । बेलायती वायुसेनाको एफ–३५ लडाकू विमानले शनिवार राति भारतको केरलास्थित तिरुवनन्तपुरम अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरेको प्रेस ट्रस्ट अफ इन्डियाले खबर दिएको छ ।

विमानवाहक युद्धपोतबाट उडेको उक्त विमानको इन्धन सकिएपछि विमानस्थलमा राति साढे ९ बजेतिर अवतरण गरेको बताइएको छ ।

विमानस्थल अधिकारीहरूले उक्त लडाकू विमानको सुरक्षित अवतरणका लागि संकटकाल घोषणा गरेको बताइएको छ ।

‘विमानचालकले विमानमा कम इन्धन भएको भन्दै अवतरणको अनुमति मागेका थिए । केन्द्र सरकारको अनुमतिपछि विमानमा इन्धन राखिनेछ,’ पीटीआईले स्रोतहरूलाई उद्धृत गर्दै खबर दियो ।

अहिले त्यो लडाकू विमान तिरुवनन्तम विमास्थलमा नै छ । सम्बन्धित अधिकारीको स्वीकृति पाउनेबित्तिकै त्यसमा इन्धन हालिने र उड्न दिइने बताइएको छ ।

Skip This