
विराटनगर । अटोमोबाइल्स डिलर्स एशोसिएशन कोशीको शनिवार सम्पन्न १६ औं वार्षिक साभाले डिल्ली आचार्यको अध्यक्षतामा सर्वसम्मतले नयाँ कार्य समिति छनौट गरेको छ ।
समितिको उपाध्यक्षमा मनोजविक्रम शाह, महासचिवमा रुपेश वराल, सचिवमा जीवन पोखरेल र कोषाध्यक्षमा राजीव अग्रवाल छानिएका छन । उनीहरुको कार्यकाल दुई वर्षको हुने छ ।
त्यसैगरी सदस्यमा राजेश भगत, राहुल भट्टराई, निरज सिंह, उत्कृष्ट भट्टराई, प्रतिक थापा, निशहार अहमद र मनोजकुमार चौधरी सर्वसम्मतले छनौट भएको निवर्तमान अध्यक्ष संजय श्रेष्ठले जानकारी दिए ।








प्रतिक्रिया