आज बजेट ल्याउँदै प्रदेश सरकार


काठमाडौं । प्रदेश सरकारहरुले आज आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दैछन् ।

बागमती, गण्डकी, मधेश, कोशी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला मन्त्रीहरुले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न लागेका हुन् ।

केन्द्र सरकारले जेठ १५ मा, प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १० गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

बाग्मती प्रदेशले अघिल्लो वर्ष ६२ अर्ब ७० करोडको बजेट ल्याएकोमा यस वर्ष करिब ६८ अर्बको तयारी गरेको छ । आज ३ बजे प्रदेश सभा बैठकमा बजेट प्रस्तुत हुनेछ ।
गण्डकी प्रदेशमा चालु आबका लागि ३३ अर्ब ४२ करोड ७२ लाखको बजेट सार्वजनिक भएको थियो । यसवर्ष केही बढेर बजेट आउने जनाइएको छ ।
अघिल्लो वर्ष २९ अर्ब २६ करोडको बजेट ल्याएको सुदूरपश्चिममा पनि आज नयाँ बजेट साँझ ५ बजे प्रस्तुत हुने छ । लुम्बिनी प्रदेशमा अघिल्लो वर्ष ४० अर्ब ४७ करोडको बजेट आएको थियो । लुम्बिनीको प्रदेश सभामा आज ३ बजे बजेट प्रस्तुत हुँदैछ । मधेशले अघिल्लो वर्ष ४४ अर्ब ११ करोडको बजेट ल्याएको थियो।