
काठमाडौं । शोधनान्तर स्थिति २ खर्ब ५५ अर्ब ९३ करोड रुपैयाँले बचतमा छ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा चालु खाता साढे २ खर्बले बचतमा रहेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक तथ्यांकले देखाएको छ ।
यस्तो शोधनान्तर स्थिस्तिको अवस्था अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ९३ अर्ब ३१ करोडले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ४५ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ८९ करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु.८ अर्ब ४८ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर
रु.५ अर्ब २६ करोड रहेको थियो ।
समीक्षा अवधिमा रु.१० अर्ब ६० करोड प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) रु.७ अर्ब ५ करोड रहेको थियो ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.४३८ अर्ब ५२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा
शोधनान्तर स्थिति रु.३९२ अर्ब ६४ करोडले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा
२ अर्ब ९५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३ अर्ब २३ करोडले बचतमा रहेको
छ ।
प्रतिक्रिया