मौद्रिक नीति सीमित व्यक्तिलाई हेरेर बनाइँदैन, अर्थतन्त्रको समग्र विकासका लागि बनाइन्छः डेपुटी गभर्नर मिश्र

154
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले मौद्रिक नीति सीमित व्यक्तिलाई हेरेर निर्माण नहुने बताएका छन् ।

उनले समग्र अर्थतन्त्रको विकासको लागि मौद्रिक नीति बनाइने बताए । मंगलबार क्लिकमान्डु डटकमले आयोजना गरेको ‘प्रि मनिटरी पोलिसी डिस्कसन’ र विशेष प्रकाशन ‘लञ्च’को कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले अर्थतन्त्रको विकास हुने गरी गरिरहेको बताए । उनले कोभिडपछि लिएको नीतिमा सुझाव दिने क्रम र यसो गरे हुन्छ र उसो गरे हुन्थ्यो भन्ने सुझाव धेरै आउने गरेको बताए ।

उनले नेपाल राष्ट्र बैंकले जारी गरेको नीतिलाई सकारात्मक सुझाव आइरहेको पनि बताए ।

उनले क्लिकमान्डुको यो श्रृङखला कायम गर्नुपर्ने पनि धारणा राखे ।

‘नियामकिय र मौद्रिक नीतिलाई मिलाएर जानुपर्छ भन्ने कुराहरू हामीले गर्दै आएका छौं । नेपाल राष्ट्र बैंक सरकारको सल्लाहकार भएकाले हामी हरेक कुरामा सन्तुलन गरेर जानुपर्छ र जान्छौं भन्ने छ,’ उनले भने, ‘तर, हामीले जहिले पनि नकारात्मक मात्रै कुरा गर्न जरुरी छैन ।’

उनले पब्लिक पोलिसी जारी गर्न र मौद्रिक निति ल्याउने कार्य सहज नभएको बताए । केन्द्रीय बैंकले निजि क्षेत्रलाई बेवास्ता गरेर तथा नजरअन्दाज गरेर नितिगत व्यवस्था नल्याउने उनले स्पष्ट पारे ।

उनले भने एउटै जहाज बसेका निजी क्षेत्र र राष्ट्र बैंक भएको बताए । उनले सीमित व्यक्तिलाई मात्रै सम्बोधन गर्ने गरी राष्ट्र बैंकले नीति निर्माण नगर्ने बताए । उनले सबै व्यवसायी र उद्योगलाई हेरेर मौद्रिक नीति बनाउने बताए । उनले सबै उद्योगी र व्यवसायीलाई हेरेर समग्र अर्थतन्त्रको विकास हुने गरी मौद्रिक नीति ल्याउने पनि तर्क गरे ।