बजेटले निजी क्षेत्रलाई प्रवर्द्धन गरेका बुँदामा मौद्रिक नीतिले सम्बोधन गर्नुपर्छ: अन्जन श्रेष्ठ

42
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले बजेटले निजी क्षेत्रको प्रवर्द्धन गर्ने गरी मौद्रिक नीतिले समेत सम्बोधन गर्नुपर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘बजेट निजी क्षेत्रको लागि सकारात्मक आएको हुँदाहुँदै पनि नीतिगत स्थिरतमा जोड दिनुपर्ने छ ।’

क्लिकमान्डुले आयोजना गरेको ‘मौद्रिक सुशासन सार्वजनिक तथा प्रि मोनिटरी डिस्कसन’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘बजेट आइसकेको र मौद्रिक नीति आउने सन्दर्भमा मौद्रिश शुसासनको पुस्तकले दीर्घकालीन नीति लिनमा सहयोग गर्ने अपेक्षा गरिएको छ ।’

श्रेष्ठले भने, ‘यसपटक बजेटपछि आउने मौद्रिक नीति प्रभावकारी नै आउने अपेक्षा निजी क्षेत्रले गरेको छ । बजेटमा भएका धेरै विषयलाई निजी क्षेत्रले सम्बोधन गरेपछि मात्रै निजी क्षेत्रले अपेक्षा गरेरअनुसारको आर्थिक बृद्धि हासिल गर्न सहज हुने बुझाई पनि श्रेष्ठको छ ।

आगामी बजेटले उत्पादनमूलक, निर्माण क्षेत्रलाई प्रवद्र्धन गरेसँगै समसामायिक नीति परिमार्जनसँगै मौद्रिक नीतिले आवश्यक सम्बोधन गर्नुपर्ने पनि उनले बताए ।

उनले बैंकहरुले ब्याजदर बढाएको र निजी क्षेत्रले माग नै गर्न नसकेको अवस्थामा बैैंककबाट लगानी नै हुन नसकेको अवस्था आइरहेको बताए । निजी क्षेत्रले ऋण लिएर मात्रै नहुने र स्वपुँजी अभाव हुँदा व्यापार व्यवसाय विस्तार हुन नसक्दा बैंकहरुसँग पैसा हुँदा पनि ऋण लिन नगएको तर्क गरे ।