बैंकहरुको व्याजदर बढेको होइन बढाइएको हो: कमलेश अग्रवाल

1.1k
Shares

काठमाडौं । पछिल्लो समय बैंकहको ब्याजदर बढेको नभएर बढाइएको दाबी नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले गरेका छन्। उनले पछिल्लो समय बैंकहरुले अस्वभाविक रुपमा ब्याजदर बढाएकोमा गुनासो गर्दै भने ‘त्यसैले त सस्तो व्याजदरमा पनि बैंकबाट पैसा लगानी भइरहेको छैन ।‘

उनले भने ‘स्थिर नीति नहुने समस्या नै अहिलेको बजारमा ब्याजदर बढिरहेको छ ।

पछिल्लो समय आर्थिक दबाब र चुनौतिबीच पनि आर्थिक गतिविधि विस्तार गर्नुपर्ने तर्क गर्दै उनले कार्यान्वयन चुनौतिपूर्ण भएपनि आगामी आर्थिक वर्षको बजेट सकारात्मक भएकाेले यसलाई अब मौद्रक नीतिले साथ दिनुपर्ने पनि बताए ।

उनले भने ‘मौद्रिक नीतिको कार्यान्वयनमा बजेटपछि वर्षेनी निकै धेरै चर्चा हुने गरेकाे छ । नेपालमा मौद्रिक नीतिप्रति बढी सरोकार छ । विश्वमै यति धेरै चर्चा मौद्रिक नीतिको हुँदैन त्यति धेरै नेपालमा भइरहेको छ ।’

नेपालमा संकुचित नीतिका कारण उद्योगी व्यवसायी विस्थापित भइरहेका छन् । यो वर्ष विस्तारकारी मौद्रिक नीतिको अपेक्षा छ ।

बैकहरुको ब्याजदर बढेको होइन्, बढाइएको हो । नेपालमा आवश्यकता भन्दा बढी उच्च व्याजदर भएको तर्क पनि अग्रवालको छ । उनले भने, ‘धेरै बैंकले जनताको सम्पत्ति लिलामीमा राखेका छन् ।‘ उनले भने मौद्रिक नीति नआएसम्म यसलाई स्थिर राखिदिनुपर्ने छ ।’

उद्योग व्यवासायमा नाफा नभएपछि जग्गामा लगानी भएको तर्क गर्दै उनले भने अहिले बैंकमा जे जति जग्गा छन्, ति सबै उद्योगी व्यवसायीका हुन । त्यो जग्गाबाटै उनीहरुले आफ्नो आर्थिक क्षमता उठाउन चाहेको पनि उनले बताए ।

पछिल्लो समय सस्तो व्याजदमा पनि बैंकबाट पैसा लगानी नभइहेको अवथिा रहेको बताए । उनले भने स्थिर नीति नहुने समस्या रहेको पनि बताए ।