वित्त नीति र मौद्रिक नीतिको तादात्म्यता कहाँ मिलेन ? मिडियाले स्पष्ट पार्नुपर्छ: महाप्रसाद अधिकारी

84
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले वित्त नीति र मौद्रिक नीतिको दातम्यता कहाँ मिलेन भने मिडियाले बुँदागत रुपमा उल्लेख गरे कार्यान्वयन गर्ने निकायलाई सहयोग पुग्ने उल्लेख गरेका छन् ।

क्लिकमान्डुले आयोजना गरेको मौद्रिक नीति पूर्व छलफल तथा मौद्रिक शुसासन सार्वजनिक कार्यक्रममा उनले वित्त नीति र मौद्रिक नीतिबीच बारम्बार प्रश्न उठ्ने गरेको भएपनि दातम्यता र समन्वय भएन भन्ने विषययाई स्पष्ट नआउने गरेको बताए ।

उनले भने यी दुई नीतिबीच कहाँ समन्वय भएन ? हुन चाहिँ अर्थ मन्त्रालयको नीतिलाई राष्ट्र बैकले कार्यान्वयन गरेर भनेर मिडियाले लेख्नुपर्ने छ ।

उनले राष्ट्र बैंक र अर्थ मन्त्रालयलाई समन्वय नभएको बुँदा र नीतिमा नै मिडियाले लेखेर कार्यान्वयन गराउने निकायलाई खवरदारी गर्नुपर्ने बताए ।