बजेटको मर्मअनुरुप मौद्रिक नीति आउने अपेक्षा छः अध्यक्ष कोइराला

49
Shares

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बजेटको उद्देश्य र मर्मअनुरुप मौद्रिक नीति आउन आवश्यक भएको बताएका छन् । सोमबार क्लिकमान्डु डटकमले आयोजना गरेको ‘प्रि मनिटरी पोलिसी डिस्कसन’ र विशेष प्रकाशन ‘लञ्च’को कार्यक्रममा बोल्दै अध्यक्ष कोइरालाले यस्तो बताएका हुन् ।

‘अर्थमन्त्रीले वित्त नीति र मौद्रिक नीतिलाई सन्तुलन मिलाएर जाने कुरा गर्नु भएको छ जुन सकारात्मक छ । अहिले आउने मौद्रिक नीतिले यी कुरालाई मध्यनजर गर्दै आउने अपेक्षा छ,’ अध्यक्ष कोइरालाले भने, ‘बजेटको मर्मअनुरुप आगामी मौद्रिक निति ल्याउने अपेक्षा राख्न चाहान्छु ।’

उनले बैंक तथा वित्ती क्षेत्रको वर्तनमान अवस्था र स्थितिलाई हेरे केन्द्रीय बैंकले आगामी नीतिहरु अपाउन आवश्यक भएको बताए । ‘एसेट म्यानेजमेन्ट स्थापन गर्ने कुरा चाडै अगाडि बढ्छ भन्ने हाम्रो अपेक्षा छ । नियो बैंक देखि अप्ठ्यारोमा परेमा बैंक तथा वित्तीय संस्थालाई त्यही किसिमको ट्रीट गरेर जानुपर्छ,’ अध्यक्ष कोइरालाले भने ।