
काठमाडौं । मौद्रिक नीति र वित्त नीतिमा सहि सन्तुलन भएर नै अर्थतन्त्र अगाडि बढ्ने उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । उनले वित्त नीति र अर्थनीतिमा पाररस्परिक सम्बन्ध रहेको बताए ।
उनले मौद्रिक नीति र वित्त नीतिमा सहि सन्तुलन राखेर नै अर्थतन्त्र अगाडि बढ्ने बताए । उनले भने ‘मौद्रिक नीति र वित्त नीति एउटाले रोक्ने र अर्कोले खोल्ने होइन भनेर नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेले दिएको विचारलाई सकारात्मक छ ।’
उनले दुई निकायको समन्वयमा नै अर्थतन्त्र अगाडि बढ्ने बताए ।
क्लिकमान्डुले कसैको पक्ष विपक्ष नलिइ निष्पक्ष पत्राकारिता गर्ने विश्वास अर्थमन्त्री पौडेलले व्यक्ति गरेका छन् ।
उनले क्लिकमान्डु विशेष प्रकासन मौद्रिक सुशासन तथा प्रि मोनिटरी डिस्कसन कार्यक्रमलाई सम्बोधन गर्दै आर्थिक पत्रकारितामा क्लिकमान्डुले खबरदारी गरिहरने विश्वास पनि व्यक्त गरे ।
प्रतिक्रिया