क्लिकमान्डुको विशेष प्रकाशन निकै चाखलाग्दो र रुचिकर: अर्थशास्त्री केशव आचार्य

28
Shares

काठमाडौं । अर्थशास्त्री केशव आचार्यले क्लिकमान्डुको विशेष प्रकाशनको बारेमा समीक्षा गरेका छन् । उनले क्लिकमान्डुले प्रकाशन गरेको विशेषांकमा पूर्वअर्थन्त्री युवराज खतिवडाको बारेमा लेखिएको विशेष लेख निकै पठनीय रहेको औल्याए । उनले राष्ट्र बैंकको अहिलेसम्मको काण्डहरु कर्पोट कान्डदेखि मन नपरेको काण्डसम्मलाई उल्लेख गर्नु चाखलाग्दो भएको बताए । उनले महत्वकांक्षी बंकर व्यवसायी कसरी डुबे भन्ने विषयलाई निकै चाखलाग्दो रुपमा प्रस्तुत गरेको पनि औल्याए । तथ्यांक र लेख तथा रिपोर्टमार्फत निकै रुचीकर विषय समेटेर पुस्तक निस्किएको पनि बताए ।