
काठमाडौं । फ्ल्यास फ्रेट लजिस्टिक प्रालिले चालु आर्थिक वर्षको १० महिनाको अवधिमा साढे ९३ करोडको व्यापार गरेको छ ।
कम्पनीले सन् २०२५ को १० महिनाको अवधिमा ९३ करोड ४० लाख रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले सन् २०२४ मा ८६ करोड ५० लाख रुपैयाँ र सन् २०२३ मा ६६ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । काठमाडौंमा कार्यालय रहेको कम्पनी जर्मन इन्टरनेशनल डीबी शेन्करको प्रादेशिक साझेदार हो ।
कम्पनीले सप्लाई चेनको सेवा दिँदै आएको छ । कम्पनीले सडकढुवानी, रेल ढुवानी, एयर कार्गो र सामुन्द्रिक सिपिङगरी विभिन्न उद्योगलाई सेवा दिँदै आएको छ ।
कम्पनीले विशेषगरी, बसलियन, क्यास, गरगहना, मेडिकल सामग्री र औषधी आयात गर्दै आएको छ । त्यस्तै, कम्पनीले सन् २०२४ मा १.६९ प्रतिशतले खुद नाफा कमाएको छ ।
सन् २०२३ मा ०.५७ प्रतिशतले खुद नाफा कमाएको थियो ।
कम्पनीको स्वदेशी तथा अन्तर्राष्ट्रिय लजस्टिक नेटवर्क छन् । कम्पनीको देशभरका औद्योगिक करिडोरमा कार्यालयको शखा छन् । कम्पनीअनुसार वीरगञ्ज, विराटनगर, नारायणघाट र भैरहवामा शाखा कार्यालय छन् ।
प्रतिक्रिया