वाईफाई नेपालले ल्यायो मनसुन अफर सेन्चुरी प्याक

140
Shares

काठमाडौं । वाईफाई नेपालले नेट जडानमा वाईफाई अफर ल्याएको छ ।

वाईफाई नेपालले मनसुन अफर सेन्चुरी प्याकअन्तर्गत १२ महिनामा १ महिना बोनससहित १ सय एमबीपीएस स्पीडको इन्टरनेट जडान गर्दा भ्याटसहित ८ हजार ५ सय रुपैयाँ तोकेको छ ।

वाईफाई नेपालका प्रमुख कार्यकारी अधिकृत शत्रुघन पञ्जियारले नेपाली उपभोक्तालाई छिटो र भरपर्दो इन्टरनेट सुविधा उपलब्ध गराउन यो अफर ल्याइएको जानकारी दिए ।

यो कम्पनीले देशभरको ४८ शाखामार्फत १ सयभन्दा बढी सहरमा ४ सय ४३ जना जनशक्तिमार्फत सेवा उपलब्ध गराउँदै आएको छ ।