
काठमाडौं । सरकारले सुन, चाँदी र हिरामा लगाएको विलासिता करको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ ।
आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सरकारले सुन र चाँदीमा २ प्रतिशत विलासिता कर र हिरा, जडित गहना तथा बहुमूल्य पत्थरमा १३ प्रतिशत कर लगाउने घोषणा गरेको भन्दै त्यसको विरोधमा आइतबार व्यवसायीहरूले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा व्यवसायीहरूले ‘सुनमा लगाइएको २ प्रतिशत विलासिता कर खारेज गर’, ‘हिरा, जडित गहना र पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर’, ‘उपभोक्ता, कर्मचारी र कालिगढमैत्री ऐन तुरुन्त जारी गर’ लगायतका नारासहितका ब्यानर र प्लेकार्ड बोकेका थिए।
































प्रतिक्रिया