
काठमाडौं । आगामी आर्थिक वर्ष ४ करोड २८ लाख माछामा भुरा र १० लाख फलफुलका बेर्ना वितरण गरिने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार आगामी आर्थिक वर्षको बजेट बाचन गर्दै यस्तो घोषणा गरेका हुन् ।
‘आगामी आर्थिक वर्षमा ४ करोड २८ लाख माछामा भुरा उत्पादन र १० लाख फलफुलका बेर्ना वितरण गरिनेछ ,’ पौडेलले भने, ‘उच्च सम्भावना रहेका २० स्थानीय तहमा कफी नर्सरी स्थापना गरी १० लाख विरुवा वितरण गरिनेछ ।’
उनले राष्ट्रिय खाद्य सुरक्षा भण्डारण र सार्क खाद्य सुरक्षा बैंकमा आवश्यक परिमाणमा खाद्य घण्डारण गर्ने व्यवस्था मिलाएको बताए ।







प्रतिक्रिया