
काठमाडौं । सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि आगामी आर्थिक वर्षको लागि ५७ अर्ब ४८ करोड रुपैयाँ बिनियोजन गरेको छ ।
अर्थमन्त्री बिष्णु पौडेलले बिहिबार बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन ।
कृषिमा आधुनिकीकरण र अर्थतन्त्रमा रुपान्तरण नाराका साथ उत्पादनशिल क्षेत्रमा रुपान्ततरण गर्ने उद्देश्यले सरकारले आगामी आर्थिक वर्षमा रसायनिक मलको लागि २८ अर्ब ८२ करोड, उच्च मूल्य वस्तु उत्पादनको लागि ८३ करोड र चैते धान उत्पादनको लागि आवश्यक पर्ने सिंचाईका लागि ३३ करोड र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको लागि ३ अर्ब ५० करोड रुपैयाँ बिनियोजन गरेको छ ।
आगामी आर्थिक वर्षमा ४ करोड २८ लाख माछामा भुरा र १० लाख फलफुलका बेर्ना वितरण गरिने भएको छ ।
यस्तै २० स्थानीय तहमा कफी नर्सरी स्थापना गरी १० लाख विरुवा वितरण गरिनेछ ।
उनले राष्ट्रिय खाद्य सुरक्षा भण्डारण र सार्क खाद्य सुरक्षा बैंकमा आवश्यक परिमाणमा खाद्य भण्डारण गर्ने व्यवस्था मिलाएको बताए ।







प्रतिक्रिया