
काठमाडौं । अर्थ मन्त्रालयले बजेटसँग सम्बन्धित प्रकाशनहरुको तयारी अन्तिम चरणमा पुर्याएको छ । आगामी आर्थिक वर्ष २०८२/ ८३ को बजेटसँग सम्बन्धित अर्थ मन्त्रालयका प्रकाशनहरु आर्थिक सर्वेक्षण, संस्थानहरुको प्रगति, मन्त्रालयगत प्रगति विवरणसहितको तयारी अन्तिम चरणमा पुगेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
प्राविधिक सहायता परिचालन सम्बन्धी विवरणको तयारी पनि अन्तिम चरणमा पुगको अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
बजेट वक्तव्यसहित व्यय अनुमान, आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयकको पनि पनि अन्तिममा पुगेकाे उल्लेख छ ।
यसअघि अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/ ८३ को बजेट सिद्धान्त तथा प्राथमिकता संसदमा पेश गरिसकेको छ ।
आगामी विहीबार आगामी आर्थिक वर्ष २०८२/ ८३ को बजेट सार्वजनिक हुँदै छ । बजेटसँगै र बजेटभन्दा अगाडि र पछाडि सार्वजनिक हुने विभिन्न प्रकासनकाे तयारी धमाधम भइरहेकाे भण्डारीले जानकारी दिए ।
अर्थ मन्त्रालयका अनुसार अर्थमन्त्री विष्णु पौडेलले ससदमा पेश गर्ने बजेट बक्तवयसमेत तयार हुन थालेकाे छ । बजेट बक्तव्य आगामी तीन दिनपछि सार्वजनिक गर्नुपर्ने भएकोले अर्थ मन्त्रालयले अन्तिम रुप दिने काम थालेकाे उल्लेख छ ।








प्रतिक्रिया