साढे ४५ करोडको सवारी खरिद, इन्धन र मर्मतमा सवा ३ अर्ब खर्च !

273
Shares

काठमाडौं । गत आर्थिक वर्षमा स्थानीय तहले ४५ करोड रुपैयाँ खर्चेर सवारी साधन खरिद गर्दा सवारी साधन मर्मत र इन्धन खरिदमा सवा तीन अर्ब रुपैयाँ खर्च गरेका छन् ।

महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको ६२ औं वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा ४५ स्थानीय तहले ३५ करोड २२ लाख १४ हजार रुपैयाँबराबरको चार पाङग्रे सवारी साधन र ७७ स्थानीय तहले ९ करोड ५९ लाख ७८ हजार रुपैयाँबराबरको दुई पाङग्रे सवारी साधन गरी कूल ४४ करोड ८१ लाख ९२ हजार रुपैयाँको खरिद गरेका थिए ।

त्यस्तै ३७६ स्थानीय तहले सवारी साधन मर्मतमा १ अर्ब १६ करोड ५० लाख ४३ हजार र ४१६ स्थानीय तहले इन्धन खरिद गरेवापत २ अर्ब ५ करोड ८६ लाख ९९ हजार रुपैयाँ गरी कूल ३ अर्ब २२ करोड ३४ लाख ४२ हजार रुपैयाँ खर्च गरेका छन् ।