‘केई एक्सचेन्ज कर्निभल’ वैशाख २९ गतेसम्म लम्बियो, ६ लाखभन्दा बढीको लाभ

14
Shares

काठमाडौं । विद्युतीय सवारीको क्षेत्रमा सक्रिय केई नेपालले ग्राहकहरूको उल्लेखनीय चासो र सहभागितालाई ध्यानमा राख्दै ‘केई एक्सचेन्ज कर्निभल २०८२’ कार्यक्रम वैशाख २९ गतेसम्म लम्ब्याएको घोषणा गरेको छ

काठमाडौंको थापाथलीस्थित केईको शोरुम नजिक सञ्चालनमा रहेको यो कर्निभल बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । यस अवसरमा ग्राहकले पुराना गाडी साटेर नयाँ केईको विद्युतीय सवारी खरिद गर्दा विभिन्न लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार जुनसुकै ब्रान्डको आईसिइ वा विद्युतीय (इभी) गाडी साटेर नयाँ केई गाडी खरिद गर्दा तुरुन्तै विशेषज्ञ मूल्यांकनका साथ उत्कृष्ट मूल्य प्राप्त हुनेछ । मूल्याङ्कन गराउने हरेक ग्राहकलाई दुई जनाका लागि क्यूएफएक्स सिनेमा टिकट निःशुल्क प्रदान गरिनेछ ।

साथै, बुकिङ गर्ने ग्राहकले आकर्षक नगद छुट, एक्सचेन्ज बोनस, पूर्ण बीमा र सडक करको समेत सुविधा पाउनेछन् । ‘ई क्युट ०२’ र ‘ई क्युट ०४’ मोडल बुकिङ गर्नेले निःशुल्क बोस जेट कार वासर पाउने छन् भने ‘एक्स३ प्रो ईभी’ बुकिङमा बोस वाशिङ मेसिन प्रदान गरिने कम्पनीले जनाएको छ ।

एक्स३ प्रो ईभी एसयूभीको मूल्य ४३ लाख ९६ हजारदेखि सुरु हुन्छ भने यसमा कूल ६ लाख ५ हजारसम्मको लाभ उपलब्ध हुने कम्पनीले जनाएको छ।

केवल व्यापारिक अफरमा सीमित नरहेको यो कर्निभलमा पारिवारिक मनोरञ्जन पनि भरपुर छ । साङ्गीतिक कार्यक्रम, रमाइला खेलहरू, खानाका स्टलहरू, आरसी कार रेस, लेगो खेल क्षेत्र, ३६० डिग्री सेल्फी क्यामेरा बुथ, स्पिड क्याचर गेम लगायतका गतिविधिहरूले यसलाई उत्सवमय बनाएका छन् ।

केई अटो चीनको सिचुवान प्रान्तको यीबिन सहरमा आधारित एक विश्वव्यापी सवारी निर्माता हो, जसले आइसिइ, हाइब्रिड र विद्युतीय गाडी उत्पादन गर्छ। पूर्वी युरोप, मध्यपूर्व, अफ्रिका र दक्षिणपूर्वी एसियामा यसको उपस्थिति छ। नेपालमा केई गाडीको वितरण जीओ अटोमोबाइल्स प्रालि र लक्ष्मी ई-मोबिलिटी प्रालिले गरिरहेका छन् ।