
एजेन्सी । भारत प्रशासित कश्मीरको जम्मु सहरमा विस्फोटको आवाज सुनेको भारतीय सेनाका प्रवक्ताले जनाएका छन् ।
‘ठूलो विस्फोटको आवाज—बम विस्फोट, गोलाबारी, वा क्षेप्यास्त्र आक्रमणको आशंका गरिएको छ,’ जम्मु–कश्मीर प्रहरीका पूर्व महानिर्देशक शेष पाल वैदले एक्स (पहिलेको ट्विटर) मा लेखेका छन् ।
जम्मु विमानस्थलमा विस्फोट भएको खबर आएको बीबीसीले जनाएको छ । जम्मु सहरको गूज्जर नगर पुलमा रहेका एक प्रत्यक्षदर्शीले बीबीसीलाई बताए अनुसार उनले जम्मु विमानस्थल नजिक १६ वटा वस्तु खसिरहेको देखेका छन् ।
एक सुरक्षास्रोतले एएफपी समाचार एजेन्सीलाई विमानस्थलमा विस्फोट भएको बताएका छन् ।
प्रत्यक्षदर्शीहरूले बीबीसीलाई बताए अनुसार बजारहरू बन्द भएका छन्, मानिसहरू भागिरहेको देखिएको छ, साइरनहरू बज्न थालेका छन् र पुरै सहरमा बत्ती निभाइएको छ ।
एक प्रत्यक्षदर्शीले त्यहाँ पूर्ण अन्धकार (ब्ल्याकआउट) छ र उनीहरूले साइरनको आवाज सुनेको बीबीसीलाई बताएका छन् ।
बीबीसी संवाददाता दिव्या आर्याका अनुसार जम्मुको धेरै स्थानहरूमा मानिसहरूले विस्फोटको आवाज सुनेका छन् र पुरै सहरमा बत्ती निभाइएको छ।
कठुआमा नागरिकहरूले दुई स्थानहरूमा विस्फोटको आवाज सुनेका छन् र यहाँ पनि बत्ती काटिएको छ । कठुआ जम्मुबाट डेढ घण्टा टाढा पर्दछ। अहिले दुबै सहरहरू पूर्ण रूपमा अन्धकारमा छन् ।








प्रतिक्रिया