
काठमाडौं । नेपालका लागि केई मोटर्सले बैशाख २६ देखि २८ गतेसम्म ‘केई एक्सचेन्ज कर्निभल २०८२’ आयोजना गर्ने भएको छ ।
काठमाडौंको थापाथलीस्थित केई सोरुम नजिकै हुने यो एक्सचेन्ज मेलामा ग्राहकहरूले आफ्ना पुराना गाडी साटेर केईका नयाँ विद्युतीय सवारी साधनहरूमा विशेष छुट तथा उपहारहरू पाउने कम्पनीले जनाएको छ ।
स्पट भ्यालुएसन: ग्राहकहरूले प्रदर्शनी स्थलमै सवारीको मूल्यांकन गराउन सक्नेछन्, जसमा उच्चतम भ्यालुएसनको व्यवस्था गरिएको छ।
नगद छुट र बोनस: पुराना गाडी साट्दा नगद छुट, बीमा, रोड ट्याक्स कवरेज र एक्सचेन्ज बोनस प्रदान गरिनेछ ।
विशेष उपहार: ई-क्यूट गाडी बुकिङमा बोश जेट कार वासर र एक्स ३ प्रो एसयूभी बुकिङमा बोश वासिङ मेसिन उपहार दिइनेछ।
मनोरञ्जनात्मक कार्यक्रम: संगीत, खेलकुद, र पारिवारिक रमाइलोका साथै क्यूएफएक्स चलचित्रको दुई टिकट निःशुल्क प्रदान गरिनेछ।
केई एक्सचेन्ज कर्निभल अन्तर्गत कम्पनीले तीनवटा प्रमुख विद्युतीय सवारी साधनहरू – ई-क्यूट०२, ई-क्यूट०४, र एक्स ३ प्रो इभी सार्वजनिक गर्दैछ । तीमध्ये एक्स ३ प्रो एसयूभीको सुरु मूल्य ४३ लाख ९६ हजार रुपैयाँबाट सुरु हुने र यो गाडीमा कुल ६.०५ लाख रुपैयाँसम्मको लाभ पाउन सकिने कम्पनीले जनाएको छ।
प्रतिक्रिया