
काठमाडौं । पर्वतारोहणको सिजनका बेला लुक्ला उडानमा भएको अवरोधले पर्यटकलाई सास्ती बढाएको छ ।
पर्वतारोहणको सिजनका कारण लुक्लामा हवाई चाप बढीरहेका बेला उडान ठप्प भएको छ । मंगलबार पनि लुक्लाको कुनै पनि उडान भएन ।
लुक्लामा तारा र समिट र सिता एयरले नियमित उडान गर्दै आएका छन् ।
मंगलबार काठमाडौंबाट हुने कुनै पनि उडान लुक्लाको लागि भएन । मंगलबार यी वायुसेवाका लागि तय भएको १२ वटा उडानमा एउटै पनि नभएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थिति आन्तरिक टर्मिनल विभागले जानकारी दिएको छ ।
विमानस्थल कार्यालयका अनुसार अरु गन्तव्यको उडान भने ढिलो गरेर भए पनि भइरहेको छ । काठमाडौंबाट हुने उडान अवतरणमा नियमित उडानमा बुद्ध, यति र श्री एयरलाइन्स छन् । यी वायुसेवाका उडान सामान्य रुपमा भइरहेको उल्लेख छ ।

प्रतिक्रिया