
काठमाडौं । नेपाल प्रहरीको आधिकारिका वेबसाइट ह्याक भएको छ ।
हाजु नामको ह्याकरको समूहले नेपाल प्रहरीको वेबसाइट ह्याक गरेको हो । ह्याकरको समूहले उक्त वेबसाइट ह्याक गरी २० लाख नागरिकका संवेदनशील डेटाहरू चोरीसमेत गरेको छ ।
ह्याकर समूहले ह्याक भएको जानकारी डार्क फोरममार्फत सार्वजनिक गरेको छ । काजु समूहले वेबसाइटबाट चोरेको डेटाहरु बिक्रीमा राखेका छन् । जसको मूल्य ७ हजार अमेरिकी डलर तोकिएको छ ।
प्रतिक्रिया