पोखरा विमानस्थलमा भ्रष्टाचार भएको प्रतिवेदन समितिमा छलफल नै नभइ बाहिरिएको भन्दै सांसदहरुको आपत्ति

203
Shares

काठमाडौं । पोखरा विमानस्थल निर्माण २२ अर्बको योजना भए पनि १० अर्ब भ्रष्टाचार भएको भन्दै बनेको प्रतिवदेन छलफलमै नआइ किन बाहिरियो भन्ने प्रश्न लेखा समितिका सदस्यले गरेका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा भएको अनिमितताको विषयमा लेखा समितिकै उपसमितिले अध्ययन गरेको थियो ।

गत सोमबार उपसमिति संयोजन राजेन्द्र लिङ्देनले समिति सभापति ऋषिकेश पोखरेललाई प्रतिवेदन बुझाएका थिए । जसबारे आज(आइतबार) लेखा समितिको बैठकमा छलफल भइरहेको छ । छलफलमा सहभागी सांसद राजेन्द्र केसीले प्रतिवेदन समितिमा नआइ किन बाहिरियो भन्दै प्रश्न गरेका छन् ।

‘उक्त प्रतिवदेन समितिमा नआई किन बाहिरियो ?’ सांसद राजेन्द्र केसीले प्रश्न गर्दै भने, ‘प्रतिवेदन समितिमै नआइ बाहिर किन लगियो त्यस विषयमा जवाफ दिनुपर्छ ।’

हस्ताक्षर नभएको प्रतिवेदन सार्वजनिक नभएको भन्दै समितिका सदस्यहरुले प्रश्न गरे ।

रास्वपा सांसद मनिष झाले हस्ताक्षर नभएको प्रतिवेदन बाहिरिएको विषयमा कडा आपत्ति जनाए ।
उपसमिति संयोजक राजेन्द्र लिङदेनले भने सदस्यहरु सबैलाई प्रतिवेदन बाँडिएको भन्दै कसरी बाहिरियो भन्नेबारे जानकारी नभएको बताए ।

कांग्रेस सांसद अर्जुननरसिंह केसीले केही तथ्य आइसकेको भन्दै थप तथ्य ल्याउनु पर्ने बताए ।

सांसद राजन दाहालले प्राविधक रूपमा पर्याप्त छलफल नभइ आएको प्रतिवदन जस्तो देखिएको बताए ।

‘यो सामग्री मात्रै भयो । थप अनुसन्धान गर्नुपर्छ,’ उनले भने, ‘पोखरासँगै भैरहवा पनि जोडेर परिपक्व प्रतिवेदन तयार गर्न सकिन्छ।’

Skip This