शाओमी १४टी: मोबाइल फोटोग्राफीमा अब्बल, यस्ता छन् फिचर

0
Shares

काठमाडौं । प्रविधिको द्रुत गतिमा परिवर्तन भइरहेका बेला स्मार्टफोन उत्पादकहरू प्रयोगकर्तालाई अत्याधुनिक सुविधा दिने प्रतिस्पर्धामा छन् ।

कृत्रिम बौद्धिकता, व्यावसायिक स्तरको क्यामेरा प्रणाली र उच्च क्षमताको प्रदर्शनले स्मार्टफोनलाई अब केवल सम्पर्कको साधन मात्र नभई फोटो, भिडियो र सामग्री उपभोगको शक्तिशाली माध्यम बनाएको छ ।

यस प्रविधि विकासको क्रममा शाओमीले आफ्नो नयाँ उच्चस्तरीय स्मार्टफोन “शाओमी १४टी” नेपाली बजारमा सार्वजनिक गरेको छ, जसले मोबाइल फोटोग्राफीको परिभाषा फेरिने दाबी गरेको छ ।

विश्वप्रसिद्ध क्यामेरा निर्माता लाइकासँग सहकार्यमा बनेको यो फोनमा अत्याधुनिक क्यामेरा प्रविधि र शक्तिशाली हार्डवेयरको संयोजन गरिएको कम्पनीले जनाएको छ ।

उत्कृष्ट क्यामेरा प्रणाली

शाओमी १४टी मा ५० मेगापिक्सेलको लाइका समिलक्स मुख्य क्यामेरा (सोनी आईएमएक्स९०६ सेन्सरसहित), १२ मेगापिक्सेलको अल्ट्रा वाइड लेन्स र ५० मेगापिक्सेल ५० मिलिमिटर टेलिफोटो क्यामेरासहितको त्रिकेन्द्रित क्यामेरा प्रणाली समावेश गरिएको छ । यसले केवल तस्बिर खिच्न मात्र नभई कथाहरू सुनाउने क्षमतासमेत दिन्छ ।

शक्तिशाली प्रोसेसर र डिस्प्ले

यो उपकरण ४ नानोमिटर प्रविधिमा आधारित मिडियाटेक डाइमेन्सिटी ८३००-अल्ट्रा चिपसेटमा चल्दछ, जसले उच्च प्रदर्शन र ऊर्जा दक्षता सुनिश्चित गर्छ । ६ दशमलव ६७ इञ्चको १४४ हर्ज एमोलेड पर्दा, ४ हजार निट्सको उच्चतम चमक र १ दशमलव ५ के रिजोलुसनसहित यसमा पानी र धुलो प्रतिरोधी (आईपी ६८ प्रमाणित) बनावट छ ।

छिटो चार्ज हुने ब्याट्री

शाओमी १४टी मा ५ हजार एमएएच क्षमताको ब्याट्री राखिएको छ, जसलाई ६७ वाट क्षमताको हाइपरचार्ज प्रविधिबाट मात्र ४५ मिनेटमा पूरा चार्ज गर्न सकिन्छ ।

भिडियोग्राफीमा पनि समान उत्कृष्टता

फोटोग्राफी मात्र होइन, भिडियोग्राफीमा पनि यो उपकरण निकै सक्षम छ । यसमा ६० फ्रेम प्रति सेकेन्डमा ४ के रिजोलुसनमा भिडियो खिच्न सकिन्छ । सिनेम्याटिक ब्लर, र्याक फोकस र लाइका शैलीका रङ फिल्टरहरूले प्रयोगकर्तालाई मोबाइलमै चलचित्र बनाउने जस्तो अनुभव दिन्छ ।

मूल्य र उपलब्धता

शाओमी १४टी को नेपालमा मूल्य ६४ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । यो १२ जिबी र्याम र ५१२ जिबी स्टोरेज भएको एकमात्र संस्करणमा उपलब्ध छ । यो फोन २०२५ सालको फागुन ४ गतेदेखि नेपाली बजारमा बिक्रीमा आएको हो र देशभरका अधिकृत शाओमी विक्रेताहरूबाट खरिद गर्न सकिन्छ ।

उक्त मोबाइल टाइटान कालो,टाइटान निलो,टाइटान खैरो, हरियो (पीयू लेदर प्यानलसहित)मा पाउन सकिन्छ ।