
काठमाडौं । लक्ष्मी ई-मोबिलिटी प्रा.लि. र जी.ओ. अटोमोबाइल्स प्रा.लि.लाई केई मोटर्सको तर्फबाट ‘मोस्ट प्रमिसिङ पार्टनर’ अवार्ड प्रदान गरिएको छ । यी दुबै कम्पनी केई मोटर्सका लागि नेपालका आधिकारिक वितरक हुन् ।
चीनको यिबिन शहरमा सम्पन्न ‘केई अटो ग्लोबल बिजनेस कन्फरेन्स २०२५’ मा उक्त अवार्ड प्रदान गरिएको हो । सम्मेलनमा विश्वभरका ५० भन्दा बढी क्षेत्रीय वितरकहरूमध्ये लक्ष्मी ई-मोबिलिटी र जी.ओ. अटोमोबाइल्स उत्कृष्ट वितरकका रूपमा पहिचान भएका हुन्।
उक्त अवार्डले नेपालमा केई मोटर्सको प्रभावकारी उपस्थिति, उल्लेखनीय वृद्धिको सम्भावना र ग्राहक सन्तुष्टिका लागि गरिएको समर्पणलाई प्रतिबिम्बित गर्छ ।
हाल यी कम्पनीहरूले नेपाली ग्राहकका आवश्यकतालाई ध्यानमा राख्दै विशेष मोडेलहरू बजारमा ल्याउने तयारी गरिरहेका छन्। नयाँ सवारीसाधनहरूमा प्रविधियुक्त फिचर्स, मजबुत प्रदर्शन र मूल्यअनुसारको सन्तुलन हुनेछ ।
अवार्ड प्राप्तिपछि लक्ष्मी ई-मोबिलिटी र जी.ओ. अटोमोबाइल्सले नेपालभर नवप्रवर्तनशील र भरपर्दो यातायात समाधान प्रदान गर्ने प्रतिबद्धता दोहोर्याएका छन् ।








प्रतिक्रिया