
काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न ७ हजार मिटर माथिका कम्तिमा एउटा हिमाल आरोहण गर्नेपर्ने व्यवस्था हुने भएको छ । सरकारले वैशाख ५ गते राष्ट्रिय सभामा दर्ता गराएको पर्यटन ऐन २०८१ मा यस्तो व्यवस्था गरिएको छ ।
उक्त ऐन पारित भएर राजपत्रमा प्रकाशित भएपछि कार्यान्यनमा आउने छ ।
सरकारले सगरमाथा आरोहण गर्न ७ हजार मिटरभन्दा अग्लो हिमाल आरोहण अनिवार्यले आरोहणलाई व्यवस्थि गर्न खोजेको पर्यटन विभागको भनाइ छ।
सरकारले सगरमाथा आरोहण गर्न कम्तिमा सात हजार मिटरभन्दा अग्लो कुनै एउटा हिमालचुली आरोहण गरेकै हुनुपर्ने व्यवस्था गर्ने संसदमा दर्ता भएको पर्यटन ऐन २०८१ को पर्वतारोहणसम्बन्धि व्यवस्थामा ७ हजार मिटरभन्दा अग्ला कुनै एउटा हिमाल आरोहण गरेको अभिलेख पेश गरेपछि मात्रै सगरमाथा आरोहणको अनुमति जारी गर्न सकिने उल्लेख छ ।

पर्यटन विभागका विभागका एक अधिकारीले भने सगरमाथा आरोहणको चाप घटाउन, अरु हिमालयमा गतिविधि बढाउन र धेरै आरोहीलाई हिमाली गतिविधिमा संग्लग्न गराउन उक्त व्यवस्था प्रस्ताव गरिएको बताए ।
उनका अनुसार हाल कुनै पनि हिमाल नै आरोहण नगरि सिधै सगरमाथा जाँदा हुने जोखिम कुन कुने, आरोहीले आरोहणको अनुभव गरिसकेको हुने र हाल एकैपटक लाग्ने भिडलाई पनि नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास रहेको बताए ।
नेपालमा ७ हजार मिटर माथिका हिमाल करिब ८० वटा छन् । यी मध्ये ८ वटा ८ हजार मिटर माथिका छन् । ८ हजार मिटर माथिका हिमाल आरोहण गरेर पनि सगरमाथा आरोहण गर्न पाइन्छ ।










प्रतिक्रिया