ट्रम्पले जेलन्स्कीमाथि लगाए शान्ति वार्तामा नोक्सान पुर्‍याएको आरोप

357
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लादमिर जेलेन्स्कीमाथि शान्ति वार्तालाई नराम्ररी प्रभाव पारेको आरोप लगाएका छन् ।

यसअघि जेलेन्स्कीले युक्रेनले क्राइमियामा रूसी नियन्त्रणलाई कहिल्यै मान्यता नदिने बताएका थिए ।

ट्रम्पले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा युद्ध समाप्त गर्ने सहमति ‘धेरै नजिक’ पुगेको दावी गरेका थिए । तर जेलेन्स्कीले अमेरिकी शर्त स्वीकार नगरेकोले संघर्ष ‘लामो समयसम्म’ गएको बताए ।

यसअघि अमेरिकी उपराष्ट्रपति जेडी वेन्सले सहमतिको बारेमा अमेरिकी दृष्टिकोण सार्वजनिक गर्दै भनेका थिए ‘क्षेत्रीय सीमाहरू वर्तमान अवस्थामै स्थिर बनाउनेछ ।’

युक्रेनले लामो समयदेखि क्राइमिया नत्याग्नेमा जोड दिँदै आएको छ । सन् २०१४ मा रूसले यस क्षेत्रमा कब्जा जमाएको थियो ।