काश्मिर हमला: भारतले नेपाललाई हस्तानान्तरण गर्यो सुदीपको शव

1.6k
Shares

काठमाडौं । भारतले जम्मू–काश्मिरको पहलगाममा भएको आतंकवादी हमलामा मारिएका बुटवलका सुदीप न्यौपानेको शव जिल्ला प्रशासन कार्यालय रुपन्देहीको रोहवरमा परिवारलाई जिम्मा लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बाबुदेव घिमिरेका अनुसार सुनौलीमा बिहीबार बिहान(आज विहान) प्रशासन कार्यालय रुपन्देहीको रोहबरमा मृतकका मामा महाश्रम पाण्डेले शव बुझेका छन् ।

‘आज बिहान हाम्रो रोहवरमा भारतीय पक्षले शवलाई परिवारको जिम्मा लगाएको हो,’ उनले भने ।

बुटवल उपमहानगरपालिका–११ होराइजन टोलका २७ वर्षीय सुदीप केही दिनअघि आमा, दिदी र भिनाजुसँग भारतको पारिवारिक भ्रमणमा गएका थिए । उनलाई मंगलबार काश्मिरमा आतंककारीले गोली हानी हत्या गरेको थियो ।

बुटवल उपमहानगरपालिका–११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले अहिले शव बुटवलको कालिका नगरमा ल्याउने तयारी भएको जानकारी दिए ।