
काठमाडौं । काश्मिरको पहलगाममा भएको आतंकवादी हमलापछि भारतले बुधबार राति पाकिस्तानबिरुद्ध श्रृंखलाबद्ध कडा कदम चालेको छ।
भारत सरकारले १९६० को सिन्धु जल सन्धि निलम्बन गरेको छ भने र एकीकृत चेक पोस्ट अटारी बन्द गर्ने निर्णय गरेको छ।
सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस) ले बुधबार साँझ प्रधानमन्त्री नरेन्द्र मोदीको निवासमा भएको बैठकमा समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै सेनालाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ।
नयाँ दिल्लीमा मिडियालाई जानकारी दिँदै विदेश सचिव विक्रम मिश्रीले पाकिस्तानी नागरिकहरूलाई सार्क भिसा छुट योजना अन्तर्गत भारत यात्रा गर्न अनुमति नदिने पनि जानकारी दिए।
उनले थप भने,’ विगतमा पाकिस्तानी नागरिकहरूलाई जारी गरिएको कुनै पनि सेभिस भिसा रद्द मानिनेछ।’
उनले सेभिस भिसा अन्तर्गत भारतमा हाल रहेका कुनै पनि पाकिस्तानी नागरिकलाई भारत छोड्न ४८ घण्टा पनि दिइएको जानकारी दिए।
विदेश सचिवले नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगमा रहेका रक्षारसैन्य, नौसेना र हवाई सल्लाहकारहरूलाई पर्सोना नन ग्राटा घोषित गरिएको जानकारी पनि गराए।
उनले उनीहरूसँग भारत छोड्न एक हप्ता रहेको पनि बताए। भारतले इस्लामाबादस्थित भारतीय उच्चायोगबाट आफ्नै रक्षारनौसेनारवायु सल्लाहकारहरूलाई फिर्ता बोलाउने निर्णय पनि गरेको छ।
मिश्रीले सम्बन्धित उच्चायोगहरूमा यी पदहरू खारेज भएको मानिने पनि बताए। दुवै उच्चायोगबाट सेवा सल्लाहकारका पाँच जना सहयोगी कर्मचारीलाई पनि फिर्ता बोलाइनेछ।
विदेश सचिवले मे १ सम्ममा थप कटौती गरेर उच्चायोगहरूको समग्र संख्या हालको ५५ बाट घटाएर ३० मा ल्याइने पनि जानकारी दिए। सीसीएसले आक्रमणको कडा शब्दमा निन्दा गरेर पीडित परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।








प्रतिक्रिया