९ महिनामा २० अर्बको विद्युतीय सवारी आयात, सबैभन्दा बढी कुन ?


काठमाडौं । नेपालमा पछिल्लो ९ महिनामा करिब २० अर्ब (१९ अर्ब ९४ करोड) रुपैयाँ भन्सार मूल्यका विद्युतीय सवारी आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार २० हजार ८९६ वटा विद्युतीय सवारी आयात हुँदा राज्यले ११ अर्ब ९२ करोड रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ ।

विभागका अनुसार सबैभन्दा बढी आयात हुने विद्युतीय सवारी ५१ देखि १०० किलोवाटसम्मका कार/जीप, भ्यान रहेको विभागको तथ्यांक छ । ४४ सय १४ वटा यस्ता सवारी साधान आउँदा राज्यले ६ अर्ब ९४ करोड रुपैयाँ भन्सार राजस्व मात्रै संकलन गरेको छ । ५१ देखि १०० किलोवाटसम्मको यस्ता विद्युतीय सवारी १० अर्ब ९४ करोड रुपैयाँ भन्सार मूल्यका रहेको पनि उल्लेख छ ।

नेपालमा आएका यस्ता विद्युतीय सवारीमा अनएसेम्बल तीन पाङ्ग्रे सवारीसाधान मात्रै ४ हजार ९४७ वटा छन् । यी सवारी ४ ९ करोड २४ लाख रुपैयाँ भन्सार मूल्यका छन् ।

नेपाल भित्रिएका यस्ता सवारी साधानमा सबैभन्दा बढी ७ हजार ९८२ वटा तीनपाङ्गे सवारी साधन छन् । यी सवारी साधान ८२ करोड रुपैयाँ भन्सार मूल्यका रहेको पनि तथ्यांकले देखाएको छ ।

पछिल्लो ९ महिनामा आयात भएका विद्युतीय सवारीमा १०१ देखि २०० किलोवाटसम्मका ७४२ वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् । यी सवारीसाधान पनि २ अर्ब ५६ करोड रुपैयाँको रहेको देखिएको छ ।

Skip This