ग्लोबल आइएमई बैंकमा रोजगारीको अवसर, यस्तो छ व्यवस्था


काठमाडौं । ग्लोबल आइएमई बैंकमा विभिन्न प्राविधिक पदहरूका लागि रोजगारीको अवसर खुला गरिएको छ ।

बैंकले डेटा साइन्टिष्ट, डेटा इन्जिनियर, बिआई ड्यासबोर्ड डेभलपर, र इन्फरमेसन सेक्युरिटी एनालाइष्ट पदमा योग्य उम्मेदवारहरूबाट आवेदन आह्वान गरेको हो ।

इच्छुक उम्मेदवारले मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्प्युटर विज्ञान वा सूचना प्रविधि विषयमा कम्तीमा स्नातक तह वा सो सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्नेछ ।

त्यसका साथै, उम्मेदवारसँग बैंक वा वित्तीय संस्थामा सम्बन्धित क्षेत्रमा कम्तीमा २ वर्षको कार्यानुभव, वा अन्य संस्थामा सम्बन्धित क्षेत्रमा कम्तीमा ३ वर्षको अनुभव हुनु अनिवार्य छ ।

योग्यता पुगेका इच्छुक उम्मेदवारले वैशाख १३ गतेभित्र आवेदन दिन सक्नेछन्।