क्यान महासंघ र मदन भण्डारी विश्वविद्यालयबीच सहकार्य, आईटी विद्यार्थीलाई छात्रवृत्ति घोषणा


काठमाडौं । कम्प्युटर एशोसिएसन अफ नेपाल महासंघ ९क्यान महासंघ० र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबीच डिजिटल प्रविधिको प्रवर्द्धनका लागि दीर्घकालीन सहकार्य गर्न सम्झौता भएको छ ।

सम्झौताअनुसार दुई संस्थाले नेपालमा सूचना तथा सञ्चार प्रविधि ९आईसीटी० को विकास र दक्ष जनशक्ति उत्पादनमा मिलेर काम गर्ने भएका छन् । विश्वविद्यालयका अध्यक्ष डा। राजेन्द्र ध्वज जोशी र क्यान महासंघकी अध्यक्ष सुनैना पाण्डे घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौतामा विश्वविद्यालय र क्यान महासंघले प्रविधि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने, डिजिटल प्रविधिको अनुसन्धान र विकासमा सहयोग गर्ने, विभिन्न तालिम, सेमिनार र ज्ञान सञ्जाल कार्यक्रमहरू सञ्चालन गर्ने उल्लेख छ ।
विद्यार्थीहरूलाई उद्योगमा इन्टर्नशिपको अवसर प्रदान गर्ने र उद्योग(शिक्षा सहकार्यलाई प्रोत्साहित गर्ने कार्ययोजना रहेको छ ।

दुवै पक्षका तर्फबाट फोकल पर्सन तोकिएको छ । यसअनुसार विश्वविद्यालयबाट उप(प्राध्यापक डा। राजीव सुब्बा र महासंघबाट निवर्तमान अध्यक्ष रणजित कुमार पोदारले सहकार्यका कार्यक्रमहरूलाई समन्वय गर्नेछन् ।

सम्झौता आगामी पाँच वर्षसम्म कायम रहने र आवश्यकता अनुसार दुवै पक्षको सहमतिमा विस्तार वा परिमार्जन गर्न सकिने बताइएको छ ।

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले स्नातकोत्तर तहका दुई आईटी शैक्षिक कार्यक्रमका लागि छात्रवृत्ति उपलब्ध गराउने छ । आगामी २०२५ मे १६ बाट सुरु हुने शैक्षिक सत्रका लागि मास्टर अफ एप्लाइड साइन्स ९एमएएस० इन आर्टिफिसियल इन्टेलिजेन्स र मास्टर अफ एप्लाइड साइन्स इन डेटा साइन्स कार्यक्रममा आंशिकदेखि पूर्ण छात्रवृत्तिसम्म ९२५ देखि १०० प्रतिशतसम्म० शुल्क छुट प्रदान गरिने विश्वविद्यालयले जनाएको छ ।

पूर्णकालीन ९फुल टाइम० दुई वर्षे अनुसन्धानमुखी यी शैक्षिक कार्यक्रम अध्ययन गर्न मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तहमा विज्ञान, इन्जिनियरिङ, प्रविधि वा अन्य सम्बन्धित विषयमा न्यूनतम ४।० जीपीए स्केलमा २।७५ ९वा अन्तर्राष्ट्रिय समकक्षता० हासिल गरेको हुनुपर्नेछ ।

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले यी कार्यक्रमहरूमा भर्ना हुने विद्यार्थीलाई सिट उपलब्धता अनुसार छात्रवृत्ति प्रदान गर्ने व्यवस्था गरेको छ ।