
काठमाडौं । रिलायबल इन्भेष्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटलले म्युचुअल फन्ड ‘रिलायबल समृद्धि योजना निष्कासन’ गरेको छ ।
रिलायबल इन्भेष्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटलको व्यवस्थापनमा सञ्चालन भएको ‘रिलायबल समृद्धि योजना’ ले प्रति इकाई १० रुपैयाँका दरले १ अर्ब रुपैयाँको १० करोड इकाई निष्कासन गरेको हो । यो बन्दमुखी योजना हो ।
जसमा इकाईको कोष प्रवर्धक रिलायबल लाईफ इन्स्योरेन्सलाई १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई, १ प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापकलाई छुट्याएको छ भने बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई निष्कासन गरेको छ ।
फन्डमा न्यूनतम १ सयदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ । आवेदन सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत दिन सकिने छ । आवेदन वैशाख ७ गतेसम्म दिन सकिनेछ । सो अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा वैशाख १७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।







प्रतिक्रिया