पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घट्यो


काठमाडौं । नेपाल आयल निगमले मंगलबार राति पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।

निगमले मंगलबार मध्यरातिबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाइएको छ । निगमले पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ३र३ रुपैयाँ घटाएको छ।

समायोजन भएको मूल्यअनुसार काठमाडौं, पोखरा र दिपायलमा प्रतिलिटर १६३ रुपैयाँमा बिक्री भइरहेको पेट्रोलको मूल्य अब १६० रुपैयाँ प्रतिलिटर भएको छ । यसैगरी प्रतिलिटर १४९ रुपैयाँमा बिक्री हुने डिजेलको मूल्य १४६ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

निगमका अनुसार पहिलो वर्गमा परेका चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा भने पेट्रोलको मूल्य प्रतिलिटर १५७.५० रुपैयाँ तोकिएको छ । यसैगरी दोश्रो वर्गमा परेको सुर्खेत र दांगमा १५९ रुपैयाँ प्रतिलिटर मूल्य तोकिएको छ ।

यसैगरी पहिलो वर्गमा परेको चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा डिजेलको मूल्य प्रतिलिटर १४३.५० रुपैयाँ तोकिएको छ । दोश्रो समूहमा रहेको सुर्खेत र दांगमा १४५ र तेश्रो वर्गमा रहेको काठमाडौं, पोखरा र दिपायमा डिजेलको मूल्य १४६ रुपैयाँ तोकिएको छ ।