
काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ रुपैयाँ दरको नयाँ नोट मंगलबारबाट चलनचल्तीमा ल्याएको छ । मंगलबार एक सूचना प्रकाशित गर्दै केन्द्रीय बैंकले साविककै आकार र रङमा ५ रुपैयाँ दरको नोट प्रचलनमा ल्याउन लागेको जनाएको छ ।
उक्त नयाँ नोटमा २२ चैतमा राष्ट्र बैंकको गभर्नरबाट बिदा भएका महाप्रसाद अधिकारीको हस्ताक्षर छ । ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५ तुरुन्त पाइने छ ।’ भन्ने प्रतिज्ञामुलक वाक्यांम्स भएको उक्त नोट २ वैशाख २०८२ बाट प्रचलनमा ल्याएको हो ।
नोटको अग्र भागमा बाँयातर्फ सगरमाथाको चित्र छ । दायाँतर्फ लालिगुराँसको पानीछाप र नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा २०८२ लेखिएको छ ।
नोटको पृष्ठ भागको माथिल्लो खण्डमा अंग्रेजीमा ‘नेपाल राष्ट्र बैंक’ लेखिएको छ । नोटको मध्य भागमा वन्य याक तथा हुम्ला जिल्लाको लिमि क्षेत्रको हिमालको चित्र छ । नोटको तल्लो भागको बोर्डरमा अग्रेंजिमा ‘रुपिज् फाइभ’ लेखिएको छ । नोटको तल्लो भागको बोर्डमा नोटको सिरिज नम्बर अंग्रेजिमा ‘२०२४ ए.डी.’ लेखिएको छ ।
नेपाल राष्ट्र बैंकले यसअघि १० मंसिर २०७७ देखि ५ रुपैयाँ दरको सिरिज २०२० लेखिएको बैंकनोट चलनचल्तिमा ल्याएको थियो।
प्रतिक्रिया