
काठमाडौं । नेपाली बजारमा आज(आइतबार) पनि सुनको मूल्य बढ्दै नयाँ रेकर्ड कायम भएको छ ।
शुक्रबार सुनको मूल्य ३ हजार ९ सय रुपैयाँले बढ्दै १ लाख ८५ हजार रुपैयाँमा कारोबार भएकोमा साताको पहिलो कारोबार दिन आइतबार(आज) १ हजार रुपैयाँले बढ्दै १ लाख ८६ हजार रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मू्ल्य वृद्धि भएको छ । शुक्रबार १ हजार ९०५ रुपैयाँमा कारोबार भएको चाँदी १ हजार ९६० रुपैयाँ पुगेको छ ।
विश्वबजारमा सुनको मूल्यमा आएको बढोत्तरीको असर आज नेपाली बजारमा देखिएको हो । व्यवसायीहरुका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पारस्पारिक भन्सार दर ९० दिनलाई स्थगित गरेपछि त्यसको असर विश्व सुन बजारमा परेको बताउँछन्।








प्रतिक्रिया