नेप्सेलाई पुनःसंरचना गरेर निजी क्षेत्रलाई सेयरमा सहभागी गराउन सुझाव

70
Shares

काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को पुनःसंरचना गरेर निजी क्षेत्रलाई सेयरमा सहभागी गराउन सुुझाव दिएको छ ।

आज पूर्वअर्थसचिव रामेश्वर खनालको अध्यक्षतामा गठन भएको आयोगले प्रतिवेदन अर्थमन्त्री बिष्णु पौडेललाई बुझाउँदै यस्तो सुुझाव दिएको हो । नेपाल स्टक एक्सचेन्जको पुनसंरचना गरी यसको पुँजीवृद्धिको संगै निजी क्षेत्रलाइ सेयर सहभागिता गराउनु पर्ने सुुझाव रहेको छ ।

यस्तै आयोगले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको पनि पुनःसंरचना गरी नेपाल स्टक एक्सचेन्जका अतिरिक्त अन्य संस्थाहरूलाई पनि सेयर सहभागिता गराई पर्याप्त जनशक्ति सहित धितोपत्रको सुरक्षित डिपोजटरी सेवा दिने व्यवस्था गर्न सुुझाव दिएको छ ।

यस्तै प्राइभेट इक्वटी र भेन्चर्स क्यापिटललाई लगानीको समयावधि सकेपटिछ लगानीमा रहेको सेयर सहज ढंगले बिक्री गरी लगानी फिर्ता लैजान सक्ने व्यवस्था गर्न सुुझाव दिएको छ । यसका लागि धितोपत्र बोर्ड, नेप्से र कम्पनी रजिष्ट्रार कार्यालयको समन्वयात्मक भूमिका हुनुपर्ने सुझाव दिएको छ ।

Skip This