आईपीओ निष्कासन गर्दै सान्भि इनर्जी

217
Shares

काठमाडौं । सान्भि इनर्जी कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा वैशाख ५ गतेदेखि आयोजना प्रभावित स्थानीय र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्न लागेको हो । उक्त सेयरमा विदेशमा रहेका नेपालीले वैशाख १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख ९१ हजार कित्ता आईपीओ निष्कासन हुने भएको छ । विदेशमा रहेका नेपालीले मेरो सेयर र सी आश्वा सदस्य पाएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

सेयरमा प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम २० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँको दरले ८ लाख ८० हजार कित्ताका सेयर निष्कासन गर्ने भएको छ । आईपीओमा वैशाख १९ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा जेठ ३ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले ईलाम जिल्लाको ईलाम नगरपालिका– १० (साविकको गोदक गाविसका १ देखि ९ नम्बर वडा), माईजोगमाई गाउँपालिका–१ (साविकको नयाँ बजार गाविस) १ देखि ४ र ६ देखि ९ नम्बर वडा) र वडा– ३ र ४ (साविकको नाम्सालिङ्ग गाविस का १ देखि ९ नम्बरसम्मका वडा र नयाँबजार गाविस वडा–५) का स्थानीयले आवेदन दिन पाउनेछन् ।

यस्तै सूर्योदय नगरपालिका वडा–१० (साविकको फिक्कल गाविस–६ देखि ९ नम्बरसम्मका वडा) तथा सोही नगरपालिका वडा–(साविकको पञ्चकन्या गाविस– २, ६, ८ नम्बर वडा) का स्थानियले आवेदन दिन पाउनेछन् । आवेदन न्यूनतम १० देखि अधिकतम २० हजार कित्तासम्म दिन पाइने छ ।