प्रहरी महानिरीक्षक थापा यूवा संघ नेपालको पूर्वसहअध्यक्ष भएको राप्रपा अध्यक्ष लिङ्देलको दाबी

791
Shares

काठमाडौं । राप्रपा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देलले नेपाल प्रहरीका महानिरीक्षक दिपक थापा यूवा संघ नेपालका पूर्व सहअध्यक्ष भएको दाबी गरेका छन् ।

राप्रपा नेपालले बल्खुमा गरेको विरोधसभामा यस्तो दाबी गरेका हुन् । ‘चैत १५ गते गृहमन्त्रीले आदेश दिए होलान, प्रहरी चले होलान भनेको त, अहिलेको प्रहरी प्रमुख त युवा संघको सहअध्यक्ष पो रहेछन् ल हेर्नुहोस त’ उनले भने ‘प्रहरीले २००८, २०१० लेखेको अश्रुुग्यास दुुर्गा प्रसाइले बोकेर ल्याएर हानेको हो ? उनले थपे ‘अहिलेको प्रहरी प्रमुख निर्लज्जता पूूर्वक हामीले हानेको अश्रुुग्यास कसरी डेट एक्स्पायर हुन्छ भनेर भन्छ ।’

अश्रुु ग्यासका खोका, बोक्रा नक्कली भएको हो ? भन्दै प्रश्न गरे ।

उनले प्रहरीलाई प्रहरी भएर बस्न आग्रह गरे । कुनै दलको भातृ संगठनको भएर बस्न नहुने दाबी गरे । फूली लाइदिने र सिफारिस गर्ने सँधै एकै ठाँउ नहुने, सधैं तिनिहरुको हालीमुहाली नहुने समेत स्मरण गराए ।

१५ गतेको सभामा पहिला कसले अश्रुग्यास कसले हानेको ? कसले गोली लगाएको भन्दै प्रश्न गरे ।