माओवादी द्वन्द्वबाट देशले ५ खर्बको क्षति व्यहोर्यो, यो सबै प्रचण्डको सम्पत्तिबाट ब्याजसहित असुल्नुपर्छ –ज्ञानेन्द्र

343
Shares

काठमाडौं । माओवादी द्वन्द्वबाट देशले ५ खर्बको क्षति व्यहोरेकोले यो सबै माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को सम्पत्तिबाट ब्याजससहित असुल्नुपर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले बताएका छन् ।

बल्खुमा मंगलबार भएको सभालाई सम्बोधन गर्दै शाहीले भने ‘माओवादीको १० वर्षको युद्धबाट यो देशले १ खर्ब ३० अर्ब रुपैयाँको क्षति व्यवहोरेको छ । आजको मूल्यमा यसलाई मापन गर्ने हो भने ५ खर्ब रुपैयाँ मूल्यको भौतिक संरचनामा क्षति भएको छ । यसको व्याजसहित माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को सम्पत्तिबाट अशुल हुनुपर्छ ।’

शाहीले भने ‘माओवादी द्वन्द्वले यो देशलाई के फाइदा भयो ? बुहारी मन्त्री, छोरी मेयर, ज्वाई मन्त्री, भाइ, छोरी, नातीसबैलाई पदमा पुग्नका लागि यो देशले ३ खर्ब रुपैयाँ अर्थात आजको मूल्यमा १५ खर्ब रुपैयाँको क्षति व्यहोरेको छ । त्यसको एकएक हिसाव माओवादीले तिर्नपर्छ ।’

शाहीले माओवादीप्रति आक्रामक भनाइ प्रस्तुन गर्दै भने ‘यो देशमा माओवादी आन्दोलनकै कारण ११ सय वटा ठूला र साना उद्योग बन्द गराएको छ । एक लाख घरेलु उद्योग बन्द भए भने ६ लाख भन्दा बढी मजदुरलाई वेरोजगार बनाएर विदेशमा बेल्चा हान्न बाध्य पारिएको छ ।’

उनले भने, ‘यही हो तिम्रो क्रान्ति ? अब हामी देशमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री ल्याउँछौं । घुडाँ टेक्ने र र्याल काट्नेलाई यो देशबाट सधैका लागि बाइकट गछा