
काठमाडौं । राप्रपा प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंहले कुन पार्टीले कति खाने भनेर हिसाब गरेर बस्दा एक महिना अघि नियुक्त गर्नुपर्ने गभर्नर अझै हुन नसकेको दाबी गरेका छन् ।
राप्रपाले बल्खुमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘अहिले देश भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ’, सिंहले भने, ‘एक महिनाअघि राष्ट्र बैंकको गभर्नर नियुक्त गर्नुपर्नेमा गर्न सकेका छैनन्, ताउ ताउमा हिसाब गरेर बसेका छन् । एमालेले खाने नी काँग्रेसले खाने भनेर लागि राखेका छन् ।’ देशको अर्थतन्त्र सिथिल भएको उनको दाबी छ ।
यो सरकारले नालायक र भ्रष्टाचारीलाई संरक्षण गरेको दाबी गरे । अझै पनि यो सरकार नसुर्धन हो भने नेपालको अवस्था बंगलादेश र श्रीलका जस्तो बन्ने दाबी गरे ।







प्रतिक्रिया