
काठमाडौं । यो वर्षको वसन्त ऋतुका लागि हिमाल आरोहण गर्न हालसम्म ३५ समूहका तीन सय आरोहीले हिमाल आरोहणको अनुमति लिएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले सगरमाथा आरोहणका लागि विभिन्न १२ वटा समूह, अन्नपूर्णका लागि ६ समूह र बाँकी अन्य हिमालको लागि अनुमति दिएको छ ।
विभागका सूचना अधिकारी लिलाधर अवस्थिका अनुसार सगरमाथासहितको हिमाल आरोहण गर्ने सिजन सुरु हुँदै छ । आगामी महिना अरोहण गर्ने आरोहीले अनुमति लिएर हिमालतर्फ जाने तयारी थालिसकेका छन् । आरोहण अनुमति लिएका आरोही अब गन्तव्यतर्फ लाग्न थालेका पनि छन् ।
सगरमाथा सहितको हिमाल आरोहणको लागि पर्यटन मन्त्रालयका अनुमति अनिवार्य छ । अनुमति दिने काम पर्यटन विभागले गर्छ । विभागका अनुसार यो महिनाभर अनुमति लिनेको चाप हुने भएकोले सुरुवातको दुई सातामै ३५ समूहले अनुमति लिएको पनि उनले बताए ।
वसन्त ऋतुको लागि हिमाल आरोहणको आकर्षण सगरमाथामा हुने गरेको छ । यो हिमाल आरोहणका लागि मात्रै करिब ५ सय आरोहीले प्रयास गर्ने छन् ।










प्रतिक्रिया