ट्रेड टावरले सेबोनबाट पायो आईपीओ निष्कासन गर्न अनुमति

259
Shares


काठमाडौं । धितोपत्र बोर्डले ट्रेड टावर कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ ।

कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँको ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको हो ।

यसको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । बोर्डको अनु्मतिसँगै कम्पनीले सेयर निष्कासनको प्रकृया अघि बढाउने छ ।