सेयर बजार राताम्मे, यी हुन् कमाउने र गुमाउने कम्पनी

161
Shares


काठमाडौं । सेयर बजार राताम्मे भएको छ । कारोबारको सुरुदेखि घटेको बजार अन्तिम समयसम्म कायमै रह्यो । बजार मापन गर्ने सूचक ३३.३३ अंकले घटेर परिसूचक २६७०.०६ बिन्दु कायम भएको छ ।

बजार राताम्मे बन्दा परिसूचक २७ सय बिन्दुुबाट झरेको छ । ३२२ कम्पनीको १ करोड १४ हजार ८६६ कित्ता सेयर ५ अर्ब ६५ करोड ८९ लाख ७३ हजार ७६६ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा २३ कम्पनीको मूल्य बढेको छ भने २२१ कम्पनीको घटेको छ ।

कारोबारमा सबै समूहको उपसूचक राताम्मे बनेको छ । यो दिन बाराही हाइड्रोपावर, बुुटवल पावर कम्पनी, सिन्धु विकास बैंक, उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले कमाएका छन् भने अप्पर हेवाखोला हाइड्रो, हिमालयन पावर पार्टनर, समृद्धि फाइनान्स, स्वेत गंगा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

Skip This