
काठमाडौ । फेवा नयाँ बर्ष महोत्सवमा पोखराका होटेलले २० प्रतिशत छुट दिने घोषणा गरेका छ्न । आगामी चैत ३० देखि बैशाख १ सम्म पोखरामा २० औ फेवा नयाँ वर्ष महोत्सव २०८२ हुँदै छ ।
यहि महोत्सवको अवसर पारेर नेपाली खाना पर्यटन प्रबर्द्धन गर्ने र बाह्य पर्यटक आकर्षक गर्ने उदेश्यले महोत्सव आयोजना हुँदै छ। विभिन्न प्याकेज सहिन फेवा किनारको करिब ३ किमी क्षेत्र लेकसाइड सडकमा यो महोत्सव संचालन हुने भएको छ ।
महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था रहेको महोत्सव संयोजक तथा होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुबेदीले बताए । उनका अनुसार नेपाली नयाँ वर्षलाई उल्लासमय रुपमा मनाउने र राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा यसको प्रचारप्रसार गरी आफ्नो मौलिक संस्कृक्तिको रक्षा गर्ने अभिप्रायले सांस्कृतिक झाँकीसहित महोत्सवको आरम्भ हुनेछ।
महोत्सवमा नेपाली खानाको प्रदर्शनी र प्रवर्द्धनलाई पनि महोत्सवमा विशेष जोड दिइएको छ । महोत्सवका अवसरमा पोखरा आउने पाहुनाका लागि संघ अन्तर्गतका होटलमा होटलहरुको प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गरिएको पनि महोत्सव आयोजक समितिले जानकारी दिएको छ ।
यो महोत्सवना करिब ६५ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ । अन्य पर्यटकीय प्रतिष्ठान र व्यवसायीले पनि सक्दो छुट तथा सहुलियत प्रदान गर्ने नै छन्। नेपाली संस्कृक्तिको जगेर्ना गर्दै पोखराको पर्यटन प्रवर्द्धन गर्ने र पर्यटकहरुको वसाई अवधि लम्ब्याई आर्थिक चलायमानमा वृद्धि गर्ने महोत्सवको मुख्य उदेश्य रहेको पनि महोत्सव आयोजकले बताएको छ ।
महोत्सबकै प्रचारप्रसारका लागि संघले नेपाल पर्यटन बोर्डको सहयोगमा पूर्वी नेपालका प्रमुख शहरहरुमा हालै “जाउँ है पोखरा अभियान संचालन गरी त्यस क्षेत्रका वासिन्दालाई फेवा महोत्सवमा सहभागीताका लागि आमन्त्रण गरिसकेकापनि उल्लेख छ । संघले घुमघाम पोखरा, शैक्षिक भ्रमण पोखरा र मधुमास पोखरा जस्ता प्याकेज पनि पर्यटकका लागि घोषणा गरेको छ ।
सन् २०२५ लाई पोखरा महानगरपालिकाद्वारा पोखरा भ्रमण वर्ष घोषणा गरीए पश्चात आयोजना गर्न लागिएको यस वृहत महोत्सवले भ्रमणवर्षको लक्ष्यलाई पुरा गर्न सघाउ पुऱ्याउनेछ । महोत्सवलाई सफतापूर्वक सम्पन्न गर्न २१ भन्दा बढी समिति गठन गरी एरिया संयोजकहरु समेत तोकिएको छ ।
प्रदेश स्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शन, सास्कृक्तिक कार्यक्रमहरुको प्रस्तुती, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम, पर्यटक दौड प्रतियोगिता, व्याडमिन्टन कप, स्थानिय एवम् प्रख्यात कलाकारद्वारा प्रत्यक्ष पप कन्सर्ट, कपी एबम् हस्तकलाका सामानहरुको प्रदर्शनी तथा स्थानीय तथा प्रख्यात कलाकारद्वारा लोक दोहोरी कार्यक्रम महोत्सवका आकर्षणहरु रहनेछन।
महोत्सवको मुख्य प्रायोजक गोर्खा बुअरी पाली, सह प्रायोजक वरुण वेभरेज लि को पेप्सी, प्रायोजकहरुमा बन्दीपुर केबलकार लि फोन पे, अन्नपुर्ण केबलकार लि टोकला चिया, रहेका छन् भने इन्सुरेन्स पार्टनरमा प्रभु इन्सुरेन्स कम्पनी र प्रवर्द्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, पोखरा महानगरपालिका रहनेछन् ।
होटल संघ नेपाल, पोखरा पर्यटन परिषद, गण्डकी प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय एवम् विभिन्न व्यावसायिक प्रतिष्ठानहरुले सहयोग गर्ने विश्वास गरिएको महोत्सव आयोजकको भनाई छ
प्रतिक्रिया