२७३२ विन्दु पुगेर फर्कियो बजार, ७ अर्ब ८४ करोडको कारोबार

182
Shares

काठमाडौं । सेयर बजारमा सामान्य सुधार आएको छ । सेयर कारोबारका लागि साताको अन्तिम दिन बिहीबार सेयर बजार सूचक २.८१ अंकले बढेर २७०२.८६ विन्दुमा रोकिएको हो ।

आज नेप्से २७३२.८५ विन्दुसम्म पुगेको भएपनि अन्तिम समयमा भने घट्दै २७०२ विन्दुमा रोकिएको हो। अघिल्लो कारोबार दिन बुधबार भने नेप्से २३.८६ अंकले बढेर २७०० विन्दुमा रोकिएको थियो ।

बिहीबार नेप्सेमा कुल ७ अर्ब ८४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिन बुधबार भने ५ अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । बिहीबार कारोबारमा आएकामध्ये ९३ कम्पनीको सेयर मूल्य बढ्दा १५१ कम्पनीको घटेको छ।

आज ग्रिन भेन्चर लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशतले बढ्दा उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा ९.१० प्रतिशतको गिरावट आएको छ।

बिहीबार बैंकिङ समूहको सेयर मूल्य १.१० प्रतिशत, निर्जीवन बिमा समूहको ०.६४ प्रतिशत र अन्य समूहको सेयर मूल्य १.२९ प्रतिशतले बढेको छ ।

विकास बैंक समूहमा ०.२२ प्रतिशतको गिरावट आउँदा फाइनान्स समूहमा १.५७ प्रतिशत, होटल तथा पर्यटन समूहमा ०.१९ प्रतिशत, लगानी समूहमा ०.०५ प्रतिशत, जीवन बिमा समूहमा ०.७७ प्रतिशत, उत्पादन समूहमा ०.८७ प्रतिशत, लघुवित्त समूहमा ०.३७ प्रतिशत र व्यापार समूहमा १.९६ प्रतिशतको गिरावट आएको छ।

Skip This